काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणमा काठमाडौं आइपुग्नुभएकाे छ। भारतको नयाँ दिल्लीबाट उडान भरेको डीयर एयरलायन्सको विमानबाट विदेशमन्त्री वाङ यी काठमाडौं अवतरण गर्नुभएकाे हाे ।
विदेशमन्त्री यीलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गर्नुभएकाे थियाे। विदेशमन्त्री वाङ यीलाई स्वागत गर्न नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि विमानस्थल पुग्नुभएकाे थियाे।