काठमाडौं । रोहितकुमार पौडेल एक दिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बन्नुभएकाे छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजी विरुद्धको खेलमा ब्याटिङ गरिरहेका रोहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको सर्वाधिक रनको कीर्तिमान तोडनुभएकाे हाे ।
ज्ञानेन्द्रले १९ खेलबाट ४८० रन बनाउनुभएकाे थियाे । तर त्यो कीर्तिमानलाई रोहितले १६ खेलमा नै तोडनुभएकाे हाे ।