राष्ट्रिय जुनियर टेनिसमा विश्व विशेष डल्लाकोटीलाई दुई स्वर्ण • Nepal's Trusted Digital Newspaperराष्ट्रिय जुनियर टेनिसमा विश्व विशेष डल्लाकोटीलाई दुई स्वर्ण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय जुनियर टेनिसमा विश्व विशेष डल्लाकोटीलाई दुई स्वर्ण

राष्ट्रिय जुनियर टेनिसमा विश्व विशेष डल्लाकोटीलाई दुई स्वर्ण

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
राष्ट्रिय जुनियर टेनिसमा विश्व विशेष डल्लाकोटीलाई दुई स्वर्ण

पोखरा । विश्व विशेष डल्लाकोटीले मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता –२९७८ मा दुईवटा स्वर्ण पदक जित्नुभएकाे छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिता अन्तर्गत उहाँले यु–९ र यु–१० गरि दुई इभेण्टमा स्वर्ण जित्नुभएकाे हाे । यु–९ को फाइनल खेलमा डल्लाकोटीले निश्चल ज्ञवालीलाई पराजित गर्नुभयाे । पोखराका आर्यश राज पौडेलले तेश्रो तथा संघर्ष फोकदारले चौंथो स्थान हाँसिल गर्नुभयाे ।

९ वर्ष मुनिको इभेण्टमा तेश्रो हुनुभएका आर्यश राज पौडेल ८ वर्ष मुनिको इभेण्टमा भने पहिलो हुँदै स्वर्ण पदक विजेता बन्नुभयाे । फाइनलमा आर्यशले नितेश थापालाई पराजित गर्नुभएकाे थियाे । ८ वर्ष मुनिको इभेण्टमा शुभान केसी तेश्रो हुनुभयाे । १० वर्ष मुनिको इभेण्टमा संघर्ष फोकदार दोश्रो, संदिप जिसी तेश्रो तथा समन सापकोटा चौंथो हुनुभयाे ।

शुक्रबारनै सम्पन्न १४ वर्ष मुनिको गल्र्सतर्फ प्रशंसा मोक्तानले शिवाली गुरुङ्गलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै नगद १२ हजार सहितको पुरस्कार प्राप्त गर्नुभयाे । दोश्रो हुनुभएकी शिवाली नगद ६ हजार सहित पुरस्कृत हुनुभयाे । १२ वर्ष मुनिको गल्र्स सिंगल्समा कर्मिष्ठा नुगा श्रेष्ठले शिवाली गुरुङ्गलाई प्रतिस्प्रधात्मक खेलमा पराजित गर्नुभयाे । पहिलो सेट २–६ ले शिवालीलाई सुम्पिएकी कर्मिष्ठाले दोश्रो सेट ६–४ ले तथा तेश्रो सेट सुपरटाईमा १०–४ ले आफ्नों पक्षमा पार्नुभयाे । प्रतियोगिताका विजेताले नगद ८ हजार तथा उपविजेताले नगद ५ हजार सहित मेडल प्रमाण–पत्र पुरस्कर प्राप्त गर्नुभयाे ।

विजयी खेलाडीहरुलाई एक समारोहका विच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, विशेष अतिथि नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, आयोजक समितिका कोषाध्यक्ष अनुज बाँस्तोला, सल्लाहकार बसन्त प्रधान, अभिभावक जिवन भट्टराई, सिमान्त गुरुङ्ग, माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख निलम गौतम लगायतले पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।

f1 1 f6

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका