छायाँछविको सम्मान तथा पुरस्कार घोषणा, चन्दलाई लाईफटाइम लिजेन्ड्री अवार्ड • Nepal's Trusted Digital Newspaperछायाँछविको सम्मान तथा पुरस्कार घोषणा, चन्दलाई लाईफटाइम लिजेन्ड्री अवार्ड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • छायाँछविको सम्मान तथा पुरस्कार घोषणा, चन्दलाई लाईफटाइम लिजेन्ड्री अवार्ड

छायाँछविको सम्मान तथा पुरस्कार घोषणा, चन्दलाई लाईफटाइम लिजेन्ड्री अवार्ड

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
छायाँछविको सम्मान तथा पुरस्कार घोषणा, चन्दलाई लाईफटाइम लिजेन्ड्री अवार्ड

लामा र थापालाई रजत सम्मान एवं सुवेदीलाई पत्रकारिता पुरस्कार

काठमान्डाैँ । छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डकाे  अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष÷महिला) एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

छायाँछवि क्रियशनले यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गर्नुभएकी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गर्ने भएको छ । २०२२ सालमा निर्मित ‘आमा’ चलचित्र पछि चन्दले हिजो आज भोली, दुई थोपा आँसु, कोशेली, सिमा रेखा, नेपाली बाबु लगायत धेरै चलचित्रहरुमा अभिनय गर्नुभएकाे छ, भने विभिन्न नृत्य, नाटक, गीती नाटक, टेलिश्रृंखला, भिडियो चलचित्र लगायतका धेरै अनुभव बटुल्नुभएकाे छ । विभिन्न पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसक्नुभएकी  भुवन चन्दलाई यस वर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड प्रदान गर्न लागीएको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फकाे) अभिनेता विजय लामालाई प्रदान गर्ने भएको छ । २०४१ सालमा सार्बजनिक भएको चलचित्र आदर्श नारीबाट विजय लामाले आफ्नो अभिनय यात्रा प्रारम्भ गर्नुभएकाे थियाे । लामाले कोशेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लण्डनमा लगायतका करिव दुई दर्जन चलचित्रमा अभिनय गर्नुभएकाे छ । साथै लामाले हलिउड चलचित्रमा समेत काम गरिसक्नुभएकाे छ ।

नेपाल एयरलाइ्रन्स्का सिनियर पाइलट समेत रहनुभएका  विजय लामालाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मानबाट सम्मान गरिन लागेको हो । त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फको) झरना थापालाई प्रदान गर्ने भएको छ । यसो त थापाले २०५३ सालमा चलचित्र ‘दाइजो’ नेपाली रजतपटमा प्रवेश गर्नुभएकाे हाे । उहाँले धर्मसंकट, गोर्खाली, बादल पारी, जिवन साथि, पुर्णिमा, ए मेरो हजुर, मेरी आमा, विदाई, ओम लगायतका सयौं चलचित्र छन् भने ए मेरो हजुर २ बाट निर्देशनमा आइसक्नुभएकाे छ । पछिल्लो चरणमा चलचित्र निर्देशन तथा निर्माणमा समेत थापाले निरन्तरता दिनुभएकाे छ ।  झरना थापालाई पनि यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान प्रदान गरिने भएको छ ।

यस्तै यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ । पर्वतमा जन्मिनुभएका सुवेदीले रेडियोमा काम गर्दै पत्रकारितामा प्रवेश गर्नुभएकाे हाे । शुरुमा रेडियो तथा पत्रिकामा एकै पटक काम गरी प्रवेश गर्नुभएका सुवेदी यतिखेर आफ्नै लेन्सनेपाल डटकम वेवमा कार्यरत हुनुहुन्छ । मूलतः रंग पत्रकारितालाई नै आत्मसात गर्दै रेडियोमा एवं पत्रपत्रीका हुदै टिभीमा प्रस्तोता–रिपोर्टर तथा प्रोड्युसर हुँदै टीभी फिल्मीको स्टेशन म्यानेजरका रुपमा सुवेदीले कार्यगत अनुभव संगालनुभएकाे छ ।  विष्णु सुवेदीलाई पनि छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिदैछ ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार चैत्र २६ गते धुलिखेल सनराईज् रिसोर्टमा हुने १२ औं छायाँछवि डि सिने अवार्डका अवसरमा प्रदान गरिने जानकारी गराउनुभयाे । अवार्ड भव्य एवं सभ्य रुपमा सम्पन्न हुनेमा विश्वास रहेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताउनुभयाे ।

चैत्र १२ गते गर्नेगरी यसअघि घोषित १२ औं डी सिने अवार्ड प्रविधिक कारणबस चैत्र २६ गतेलाई सारिएको डी सिने अवार्डका कार्यक्रम संयोजक समिर लामाले जानकारी गराउनुभएकाे छ ।

chhayanchhabi samman

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका