'एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ':-माधवकुमार नेपाल • Nepal's Trusted Digital Newspaper'एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ':-माधवकुमार नेपाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ’:-माधवकुमार नेपाल

‘एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ’:-माधवकुमार नेपाल

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
‘एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ’:-माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको बताउनुभएकाे छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे, एमाले प्रवेश गर्ने भनेर हल्ला चलाइयो । अब त्यो भ्रम पनि रहेन ।’

नेपालले अहिले एमाले छाड्ने र नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबीसमेत गर्नुभयाे । ‘अहिले भर्खरै मात्रै एमाले परित्याग गरेकाहरुलाई केन्द्रीय कार्यालयमा शपथ ग्रहण गराएँ । यसरी एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ,’ उहाँले भन्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका