काठमाडौं । नेपाल सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर एक लाख ९ सय पुगेकाे छ । अघिल्लो दिन प्रतितोला
सुनकाे मुल्य प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो। शुक्रबार सुनकाे मुल्य ६ सय ले बढेर एक लाख ९ सय पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० छ। यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार ८०० थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ।