युक्रेन भन्छः रुसीलाई हिमाल चड्न नदिनू • Nepal's Trusted Digital Newspaperयुक्रेन भन्छः रुसीलाई हिमाल चड्न नदिनू • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युक्रेन भन्छः रुसीलाई हिमाल चड्न नदिनू

युक्रेन भन्छः रुसीलाई हिमाल चड्न नदिनू

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
युक्रेन भन्छः रुसीलाई हिमाल चड्न नदिनू

रुससँग युद्ध लडिरहेको युक्रेनले नेपालाई रुसी नागरिकलाई पर्वतारोहणमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । नेपालसमेत हेर्ने भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित पर्वतारोहणसम्बन्धी निकालयलाई पत्र लेखेर रुसी नागरिकलाई प्रतिबन्ध लगाउन आग्रह गरेको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेको बिहीबार ३० दिन पुगेको छ । नेपालले अन्तर्राष्ट्रिय फोरममा युक्रेनको पक्ष लिइरहेका बेला उसको यस्तो आग्रह आएको हो।

युक्रेनले पत्रमा आफ्नो देशविरुद्ध रूसी सशस्त्र आक्रमणका क्रममा ११७ बालबालिकासहित हजारौं नागरिकको मृत्यु भएको र करिब एक करोड नागरिक आन्तरिक रूपमा विस्थापित भएको जनाएको छ ।

रक्तपातपूर्ण युद्ध सुरु गर्ने रूसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्स जस्ता कयौं अन्तर्राष्ट्रीय खेल संघहरूले सहभागीतामा प्रतिबन्ध लगाएका वा बाहिर राखेको भन्दै युक्रेनी दूतावासले नेपालसँग युक्रेनमा आक्रमण जारी रहेसम्मका लागि रूसी पर्वतारोहीमाथि प्रतिबन्धन लगाउन अनुरोध गरेको छ ।

नेपालमा रुसी पर्वतारोहीलाई अन्य देशका पर्वतारोहण टोलीद्वारा स्वागत नगराउन उसले आग्रह गरेको छ । युक्रेनले नेपाली हिमालहरु पवित्र र दिब्य रहेको भन्दै त्यस्तो स्थानमा हत्याका लागि जिम्मेवार देशको झण्डा फहराउनु चिन्ताको विषय भएको उल्लेख गरेको छ ।

पत्रमा भनिएको छ, ‘युक्रेनमा सामुहिक निर्मम हत्याका लागि जिम्मेवार रूसको झण्डा पवित्र र दिव्य नेपाली हिमालमा फेहराउनु गम्भिर चिन्ताको विषय हो ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका