भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्याे • Nepal's Trusted Digital Newspaperभारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्याे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्याे

भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्याे

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्याे

नयाँ दिल्ली । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। शुक्रबार भारतीय तेल मार्केटिङ कम्पनीहरूले फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर भारु ८० पैसाले बढेको छ।

यसअघि मंगलबार पनि पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रुपमा बढेको थियो। पछिल्लो चार दिनभित्र पेट्रोल र डिजेलको मूल्य २.४० भारुले बढेको छ।

यो बढेको मूल्यसँगै देशको राजधानी दिल्लीमा पेट्रोलको मूल्य ९७.८१ रुपैयाँ र डिजेलको मूल्य ८९.०७ रुपैयाँ प्रतिलिटर पुगेको छ। मुम्बईमा पेट्रोलको मूल्य ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य ११२.५१ रुपैयाँ प्रतिलिटर भएको छ। चेन्नईमा ७६ पैसाले बढेर १०३.६७ प्रति लिटर पुगेको छ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका