युद्धमा थलिएको युक्रेनमा धर्म पनि जोडिएको छ ? • Nepal's Trusted Digital Newspaperयुद्धमा थलिएको युक्रेनमा धर्म पनि जोडिएको छ ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युद्धमा थलिएको युक्रेनमा धर्म पनि जोडिएको छ ?

युद्धमा थलिएको युक्रेनमा धर्म पनि जोडिएको छ ?

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
युद्धमा थलिएको युक्रेनमा धर्म पनि जोडिएको छ ?

 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्ध सुरु गर्नुको कारणबारे विभिन्न स्पष्टीकरण दिँदै आएका छन् । उनले सबैभन्दा बढी जोड दिएका कारणहरूमा नेटोलाई रुसी सीमानातर्फ अघि बढ्न नदिन, रुसी जनतालाई नरसंहारबाट जोगाउन र युक्रेनलाई नाजीमुक्त गर्नु भन्ने पर्छन् ।

तर, रुसको ओर्थोडक्स चर्चका सबैभन्दा शीर्ष पदमा रहेका एक वरिष्ठ पुजारीले भने यसका लागि छुट्टै कारण दिइरहेका छन्, जसतर्फ यतिबेला विश्वविद्हरूको ध्यान तानिएको छ ।

‘रुसी पोप’ पनि भनिने पेट्रिआर्क किरिलले अघिल्लो हप्ता मात्र आफ्नो एक अभिव्यक्तिमा युक्रेनसँगको युद्ध वास्तवमा बढ्दो पश्चिमी संस्कृति र रुसको मौलिक मूल्यमान्यताबीचको संघर्षलाई अन्त्य गर्ने प्रयास भएको बताएका छन् ।

विज्ञहरूकाअनुसार पनि अहिलेको रुसलाई ऐतिहासिक रुसी साम्राज्य द रसियन एम्पायरमा फर्काउने पुटिनको चाहनाका पछाडि वास्तवमा उनको व्यापक आध्यात्मिक दृष्टि रहेको छ । जसमा रूढीवादी धर्मले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

पुटिनले लामो समयदेखि नै रुसी ओर्थोडक्सका आधारमा एउटा छुट्टै रुसी दुनियाँको परिकल्पना गर्दै आएको पाइन्छ ।

बेजलियान युनिभर्सिटीकी इतिहासशास्त्रकी प्रोफेसर भिक्टोरिया भन्छिन्, “उनका लागि त्यो दुनियाँ अर्थात ‘रसियन वर्ल्ड’ भनेको त्यस्तो संसार हो जहाँ सबै रुसी भाषा बोल्नेहरू छन्, रुसी चर्चहरू मात्र छन् र यसले कुनै राजनीतिक सीमाना पहिचान गर्दैन ।”

पुटिनको यो दृष्टिलाई पेट्रिआर्क किरिलले पनि समर्थन गर्छन्, जसले युक्रेनी चर्चलाई रुसको महत्वपूर्ण ऐतिहासिक हिस्सा बताए । युद्धको सुरुवातमा यूसी रिभरसाइज न्युजसँगको अन्तर्वार्तामा उनले युक्रेन र रुसको मिलन भगवानको देन नै भएकोमा समेत जोड दिएका थिए ।

उनकाअनुसार युक्रेनमा अहिले जारी युद्ध, विश्वशक्तिको दाबी गर्ने पश्चिमाले पेस गर्दै आएको विश्वभर व्याप्त तथाकथित मूल्य मान्यतालाई अस्वीकार गर्नेसँग सम्बन्धित छ । ऐतिहासिक रूपमै युक्रेनी र रुसी अर्थोडक्सहरूको मानसिकता एक रहेको पनि उनले बताए ।

यसरी रुसका ‘पोप’लाई युक्रेन युद्धको विरोध गर्न सबैतिरबाट अपील गरिएपनि उनले त्यसो गर्न अस्वीकार गर्दै आएका छन् । उनले उल्टै पुटिनको यस कदमलाई नैतिक वैधता दिलाउने प्रयास गरिरहेको पाइन्छ ।

इतिहासविद् जर्ज मिकेल्सकाअनुसार अहिलेको प्रमुख रुसी राष्ट्रवादी दृष्टिकोणमा ‘किभियन रुस’का मध्यकालीन शासक ‘भ्लादिमिर द ग्रेट’ पनि भनिने ‘भ्लादिमिर आई’ पहिलो रुसी राज्य र रुसी अर्थोडक्स चर्चका संस्थापक पिता हुन् । र, यसमा रुसी सभ्यता विकासको मूल स्थल किभ थियो ।”

त्यसैले भ्लादिमिर आईसँगको सम्बन्धका कारण पनि युक्रेनको राजधानी किभ सहर पुटिनका लागि अत्यन्तै महत्वपूर्ण बन्न पुगेको मानिन्छ । पुटिनले अहिलेसम्म पनि भ्लादिमिर आईलाई नै रुसका रक्षक मान्दै आएका छन् । त्यसैले पुटिनका लागि उनी ‘ब्याप्टाइज्ड’ भएका ठाउँ–क्रिमिया र किभ, रुसका पवित्र भूमि हुन् ।

भिक्टोरिया भन्छिन्, “पुटिनले अहिले दाबी गरिरहेको कुरा पनि यसैमा आधारित छ । उनकाअनुसार उनी ईश्वरले प्रदान गरेको प्राकृतिक क्रमलाई पुनःस्थापित गर्न खोजिरहेका छन्, जसमा रुसी र युक्रेनी सबै एकै किसिमका मानिस हुन् जो ‘किभन रुस’ बाटै आएका थिए र सबै ओर्थोडक्स हुन् ।”

यसमा किरिलले पश्चिमी शक्तिले युक्रेनी र रुसीहरूको ऐतिहासिक मिलनलाई हस्तक्षेप गरिरहेको आरोप पनि लगाएका छन् । उनकाअनुसार युक्रेनी र रुसीहरूबीचको विभाजन बाह्य स्रोतबाट सिर्जना गरिएको थियो ।

रुसको राष्ट्रवादी सिद्धान्तमा पनि यस्तो उल्लेख गरिएको छ कि यदि युक्रेनीहरूले आफूलाई रुसी भन्दा फरक मानिस सम्झन्छन् भने त्यो केबल पश्चिमले रोपेको ‘विभाजनको बिउ’ को नतिजा हो । नत्र यी दुई वास्तवमा मिलनसार भाइबन्धु हुन् ।

२०१६ मा रुसले क्रिमियालाई कब्जा गरिसकेपछि मस्कोको बीचमा पुटिनले भ्लादिमिर आईको मूर्ति खडा गराएका थिए । यस बाहेक अर्को त्यस्तो मूर्ति १८८८ मा युक्रेनको राजधानी किभको केन्द्रमा मात्र ठड्याइउको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका