स्थानीय निर्वाचनको २१ दिनअघि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्ने • Nepal's Trusted Digital Newspaperस्थानीय निर्वाचनको २१ दिनअघि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्थानीय निर्वाचनको २१ दिनअघि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

स्थानीय निर्वाचनको २१ दिनअघि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

  • समाचारपाटी
  • शुक्रबार, चैत्र ११, २०७८
स्थानीय निर्वाचनको २१ दिनअघि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमान्डाैँ । स्थानीय निर्वाचनमा उम्मेद्धवार बन्न एमालेले तोक्यो ६ वटा मापदण्ड, चैतभित्रै सिफारिस पठाउनुपर्ने महामन्त्री गगन थापा घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनीत एमालेले उम्मेद्धवार चयन मापदण्डसमेत बनाएको छ।

पार्टीमा काम गरेको र लोकप्रियलाई उम्मेद्धवार बनाउने तयारी एमालेको छ। उम्मेदवार तय गर्दा सन्तुलन र समावेशीतालाई ध्यान दिइने उहाँले बताउनुभयाे।

उपमहानगर र महानगरका उम्मेद्धवार भने केन्द्रबाट नै टुंग्याउने भएको छ। गाउँ नगरका उम्मेद्धवार भने प्रदेश कमिटीबाट टुंग्याउने तयारी एमालेको छ। वडाको उम्मेद्धवार भने तल्लो कमिटीको सिफारिसका आधारमा जिल्लाबाट टुंगिनेछ। केही विभागहरू गठन गरेको र बाँकी विभाग गठन सचिवालयले गर्न सक्ने गरी अधिकार दिएको छ।

प्रदेश र जिल्लाबाट विभाग संख्या वृद्धि गर्न माग आएकाले २९ विभागसम्म गठन गर्न सक्ने अधिकार दिइएको छ। एमाले केन्द्रमा ३२ विभाग छ। अध्यक्ष ओलीले पार्टी कार्यक्रम आयोजना हुँदा नेताहरूले मञ्च भरिने गरेकाले त्यस्तो प्रवृत्ति त्याग्न निर्देशन दिनुभयाे। अधिकतम ५ जनासम्म वक्ता राख्न र उनीहरूलाई मात्रै मञ्चमा राख्न ओलीको निर्देशन छ। ‘एउटा जिल्लामा लगभग ५० जना प्रदेश कमिटी सदस्य हुन्छन्। मञ्चमा किन आशनग्रहण ? यो कुरा छोडौं’, भन्नुभयाे। उहाँले आगामी निर्वाचनमा सकेसम्म मालाको कम प्रयोग गर्न सुझाउनुभएकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका