‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ ।
दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार १२.४० करोड र मंगलबार १०.२५ करोड कमाइ गरेको थियो ।
अनुपम खेर स्टारर फिल्मले अक्षय कुमारको ‘सूर्यवंशी’को लाइफटाइम कलेक्सनलाई पनि उछिनेको छ । सन् १९९० मा कश्मीरबाट हिन्दू पण्डितलाई लेखिटएको कथा फिल्मले पेस गर्छ ।
भारतीय जनता पार्टीको सरकार रहेका आठ राज्यले फिल्मलाई मनोरञ्जन करमा छुट दिएका छन् । तर फिल्मले नेपालमा भने अपेक्षित कमाइ गर्न सकेन । सुरुवाती दुई दिनमा सन्तोषजनक कमाइ गरेको फिल्मको व्यापारमा अहिले गिरावट आएको छ ।
अर्का बलिउड विश्लेषक अतुल मोहनले ‘द कश्मीर फाइल्स’ले आमिर खान स्टारर फिल्म ‘दंगल’को लाइफटाइम कलेक्सनलाई उछिन्ने प्रक्षेपण गरेका छन् । दंगलले बक्स अफिसमा झण्डै ४०० करोडको कमाइ गरेको थियो ।
सन् १९६० को दशककी चर्चित हलिउड अभिनेत्री मार्लिन मुनरोको पोट्रेट तस्वीर २०० मिलियन डलरको कीर्तिमानी मूल्यमा बिक्रीमा राखिने भएको छ ।
रोयटर्सका अनुसार पप आइकन एन्डी वारहोलले तयार पारेको यो पेन्टिङलाई क्रिस्टिजले बिक्रीमा राख्न लागेको हो । ‘सट सेज ब्लु मार्लिन’ नामको उक्त पेन्टिङ बीसौं शताब्दीको सबैभन्दा महँगो पोट्रेट रहेको क्रिस्टिजका अध्यक्ष एलेक्स रोटरले भन्नुभयाे ।
उज्यालो पहेंलो कपाल, गुलाबी अनुहार र हल्का नीलो आँखाको छायाँले छोपिएको मुनरोको उक्त पोट्रेट वारहोलले अभिनेत्रीमाथि कोरेका पाँचमध्येको एक तस्वीर हो । यो तस्वीर बनाउन वारहोलले स्क्रिनिङ प्रविधिको मद्दत लिनुभएकाे थियाे । ‘यो पेन्टिङ निकै जटिल किसिमको थियो, जुन उहाँले त्यसयता कहिल्यै बनाउनुभएन,’ अध्यक्ष रोटरले भन्नुभयाे ।
उक्त पेन्टिङ बिक्रीबापत प्राप्त हुने रकम संसारका बालबालिकाको हितमा काम गर्ने सामाजिक संस्था थोमस एन्ड डोरिस अम्मान फाउन्डेसनलाई प्रदान गरिने भएको छ । वारहोलले बनाएको अर्को चित्र ‘सिल्भर कार क्र्यास’लाई सन् २०१३ मा १०५ मिलियन डलरमा बिक्री भएको क्रिस्टिजले जनाएको छ ।