प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperप्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

  • समाचारपाटी
  • बिहिबार, चैत्र १०, २०७८
प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमान्डाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

रातीमा भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका