थप ३८ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaperथप ३८ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमान्डौँ । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  आज पनि कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार ५२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६९ जना कोरोनाबाट निको भएका छन् भने हाल २ हजार ४५३ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९७ हजार ३०६ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ५ हजार ३७६ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका