फिल्म ‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक • Nepal's Trusted Digital Newspaperफिल्म ‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फिल्म ‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक

फिल्म ‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
फिल्म ‘हेल्लो जिन्दगी’ को ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक

काठमाडौं । चैत्र १८ गते प्रदर्शन हुने फिल्म ‘हेल्लो जिन्दगी’ मा समाबेश ‘अनौठो माया’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीत मंगलबार राजधानी आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । गीतमा अभिनेता बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचर छन् । निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गर्नुभएकाे हाे ।

प्रेसमिटमा निर्देशक बोहराले फिल्मका दुई अभिनेत्री प्रियंका कार्की र दीपीका प्रसाईंले प्रमोशनमा साथ नदिएकोमा चित्त दुखाउनुभयाे । ‘उहाँहरुले प्रमोशनमा साथ दिनु भएन,’ उहाँले भन्नुभयाे,‘हामीले पटकपटक सम्पर्क गर्दा समेत रेस्पोन्स गर्नुभएन । निर्देशक बोहराले नायिकाहरुले न्युनतम व्यवसायिक धर्म पनि निर्वाह नगरे तापनि आफूहरु बिचलीत नभएको, बरु आगामी दिनमा यसखालका गैरजिम्मेवार कलाकार लिनु अघि धेरै बिचार गर्ने बताउनुभयाे ।

कार्यक्रममा फिल्मकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाहरुबाट प्रभावीत भइ निर्माण गरिएकाले दर्शकको मन जित्ने बिश्वास लिएको बताउनुभयाे । अभिनेता बिक्रमले आफूहरुले गुणस्तरिय फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे,‘हाम्रो फिल्ममा नेपाल, भारत र युके,तीन देशका प्राबिधिकको मिहीनेत परेको छ । दर्शकसामु उच्च कोटीको फिल्म प्रस्तुत गर्नका लागि हामीले अत्यन्तै मिहीनेत गरेका छौँ । त्यसैले दर्शकले मन पराउनेमा बिश्वस्त छु ।’ अभिनेता बिक्रम, निर्देशक बोहरा र नवअभिनेत्री बिभिया यही फिल्मको प्रमोशनका लागि केही दिनअघि मात्रै बेलायतबाट काठमाडौ झर्नुभएकाे हाे । कार्यक्रममा फिल्मकी सहनिर्मात्री तथा अभिनेत्री सबिता गुरुङले आफूहरुले यो फिल्म पूरा गर्न निकै संघर्ष गरेको स्मरण गर्दै सफलता प्राप्त हुनेमा ढुक्क रहेको बताउनुभयाे ।

नवअभिनेत्री बिभियाले फिल्म निकै राम्रो बनेकाले आम दर्शकको रोजाइमा पर्ने धारणा ब्यक्त गर्नुभयाे । आइएनएस हल,गोंगबुमा आयोजीत कार्यक्रममा फिल्ममा समाबेश लोकशैलीको ‘ओखरको दाना’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो ।

बेलायत र काठमाडौमा खिचिएको फिल्ममा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, बिभिया श्रेष्ठ, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ ।

सत्य घटनाबाट प्रभावीत फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुनुहुन्छ भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ हुनुहुन्छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मससगँको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । सुदीप कुँवर र मार्लाेभ ढुंगाना मुख्य सहायक निर्देशक रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा,संवाद निर्देशक बोहरासहित अभिमन्यु निरवीले तयार पार्नुभएकाे हाे । पुरुषोत्तम प्रधानले खिचेका फिल्मलाई आरआर फिल्मसले बितरण गर्दैछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका