नेपाली काँग्रेस बैदाम ६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaperनेपाली काँग्रेस बैदाम ६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेपाली काँग्रेस बैदाम ६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली काँग्रेस बैदाम ६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
नेपाली काँग्रेस बैदाम ६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न

गणेश पहारी , पोखरा। नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा इकाई ६ द्धारा बुधबार टोल कार्यसमितिहरु सँग अन्तरक्रिया एंव छलफल कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको स्थानिय निर्वाचनमा टोल कार्यसमितिले गर्नुपर्ने काम कर्तव्य र टोलस्तरमा भए गरेका अधुरा सहित विकास निर्माणमा भएका काम र प्रगतिका बारेमा योजना तयार गर्ने उद्देश्यले टोलस्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बैशाखमा ३० गते हुने स्थानिय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदबारलाई जिताउन टोलस्तर बाट हुने सहयोग । बुथ कमिटिमा गठन गर्नु पर्ने र बुथमा रहने ब्यक्तिले मतदाताहरू प्रति गर्ने ब्यवहार सहित कस्ता उम्मेदबारलाई पार्टिले टिकट दिलाउदा उम्मेद्धवारले चुनाब जित्न सक्छ ।

पार्टि भित्र एकरुपता ल्याउने, आर्थिक सुशासन कायम गराउने, मतदाताहरु सगँ समयमै पुग्न ग्यारेन्टीसहित अन्य निकास र समाधानको
विषयमा छलफल गरिएको थियो ।

नेपाली काँग्रेसमा महाधिबेशन प्रतिनिधि डा.कृष्ण प्रसाद पौडेलले ‘घर घरमा जाउ काँग्रेसलाई जिताउ’ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै टोलमा काँग्रेस मजबुत भएमा मात्र काँग्रेसका उम्मेद्धवारले चुनाब जित्ने हुदाँ, काँग्रेसीहरुलाई टोल मुखी हुन आग्रह गर्नुभयाे । टोलमा भएका विकास निर्माण कार्यहरु सहित काँग्रेसको गतिविधिका बारेमा जानकारी दिनुपर्नेमा जोड दिनुभयाे ।

निर्वाचनसम्म पुग्न ढिलाई हुने गरेको पाईएकाले समयमै नेपाली काँग्रेसका उम्मेद्धवारहरु मतदाताहरुको घरदैलोमा पुर्याउने योजना बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको इकाइ सभापति सन्तोष पौडेलले जानकारी दिनुभयाे ।

गरिजा प्रसाद कोइराला टोल समितिका सभापति गुरुदत्त कोइरालको सभाअध्यक्षमा भएको कार्यक्रममा सचिब प्रकाश न्यौपाने, पूर्व वडा अध्यक्ष होमबहादुर लामिछाने, मिडिया सल्लाहकार गणेश पहारी सल्लाहकार तेजनारायण पराजुलि, सल्लाहकार नेत्रपाणि न्यौपाने,
सल्लाहाकार जनकलाल श्रेष्ठ क्षेत्रिय प्रतिनिधि सावित्री तिमिलसीना, पूर्व क्षेत्रिय उपसभापति मोति प्रसाद ढङगाना, प्रदेश प्रतिनिधि लक्ष्मी बहादुर भट्टराई, क्षेत्रिय प्रतिनिधि लोकराज पहारी, चुडामणि अधिकारी र विष्णु प्रसाद पहारी लगाएतका बक्ताहरुले अरुहरुको बहकाउमा नलागि काँग्रेसले उठाएका उम्मेद्धवारहरुलाई जिताउनु पर्नेमा जोड दिनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका