‘जोगिन्दर मुखियाजी’ कमेडी शो ल्याउदै शिवशंकर • Nepal's Trusted Digital Newspaper‘जोगिन्दर मुखियाजी’ कमेडी शो ल्याउदै शिवशंकर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘जोगिन्दर मुखियाजी’ कमेडी शो ल्याउदै शिवशंकर

‘जोगिन्दर मुखियाजी’ कमेडी शो ल्याउदै शिवशंकर

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
‘जोगिन्दर मुखियाजी’ कमेडी शो ल्याउदै शिवशंकर

काठमाडौंँ । चर्चित कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ल्याउनुहुनेभएकाे छ । उहाँले ‘जोगिन्दर
मुखियाजी’ नामक शो ल्याउनुहुने भएकाे हाे । ‘जोगिन्दर मुखियाजी’ ग्लोवल एचडि टिभीबाट चैत्र १० गतेदेखि प्रत्येक बिहिबार साँझ ७ :३०
बाट प्रसारणमा आउँदैछ ।

276000133 652428379147272 8192428013224747398 n

जोगिन्दर उपनामले परिचित रिजालले आफुलाई सबैले बास्तबिक नामबाट भन्दा पनि जोगिन्दर उपनामबाटै चिन्ने भएकोले नयाँ शोमा पनि यो नाम जोडेको बताउनुभयाे । यस अगाडि हिमालयन टेलिभिजनमा चर्चित कार्यक्रम ‘जोगिन्दर पानवाल’ मार्फत दर्शकको मन जित्न सफल उहाँ डेढ बर्षपछि नयाँ टेलिभिजनमा देखिन लाग्नुभएकाे हाे । ‘जोगिन्दर मुखियाजी’ एक पुर्ण मनोरन्जनात्मक शो भएको उहाँले जानकारी दिनुभयाे ।
‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ , टोल वा वडामा धेरै फैसला मुखियाजीकै आधारमा हुने गर्थे’ उहाँले भन्नुभयाे ‘त्यही पात्रलाई टेलिभिजन शोमा ल्याउन लागेको हो ।’ कार्यक्रमको पहिलो एपिसोड उहाँले पुर्वमन्त्री लालबाबु पण्डितलाई अतिथि बनाएको
सुनाउनुभयाे ।

‘जोगिन्दर मुखियाजी’ रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने शो हो । यहाँ घरमा भएका खानेकुराहरु खाँदै गफगाफ गर्नेछु’उहाँले थप्नुभयाे ‘यसलाई सबैसँग भलाकुसारी गर्ने कार्यक्रम अथवा साझा चौतारी भन्दा पनि फरक पर्दैन ।’ ‘जसरी एउटा मुखियाको घरमा सबै जान्छन् । त्यस्तै कार्यक्रममा पनि सबै क्षेत्रका ब्यक्ति अतिथिको रुपमा निम्त्याउनेछु’ उहाँले थप्नुभयाे ।

जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजी मार्फत आगामी कला यात्रालाई अगाडी बढाउने योजना उहाँको रहेको छ । शोमा रिजालले आफ्नो गेटअफ र पहिरन समेत ताराइका मुखियाझै गर्नुहुनेछ ।

रिजाल फिल्म, टेलिचलचित्र, कमेडी शोका अलवा स्टेज कार्यक्रममा पनि ब्यस्त रहने कलाकार हुनुहुन्छ । उहाँ यस अगाडि टेलिभिजन कार्यक्रमको कारणले जोगिन्दर पानवाल’ भनेर चिनिदै आउनुभएकाे छ ।

277047076 525976189043110 145051856447640119 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका