११ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ? • Nepal's Trusted Digital Newspaper११ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ११ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ?

११ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ?

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
११ सय रुपैयाँले घट्याे सुनको मूल्य कति पुग्याे त ताेलामा ?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन एक लाख तीन सय रुपैयाँ प्रतितोलामा  र ९९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको कारोबार मूल्य १३ सय ७० रुपैयाँ तोकिएको छ । मंगलबार १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका