गायिका ममता र गीतकार डिआरको ‘चाँदनी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायिका ममता र गीतकार डिआरको ‘चाँदनी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायिका ममता र गीतकार डिआरको ‘चाँदनी’ सार्वजनिक

गायिका ममता र गीतकार डिआरको ‘चाँदनी’ सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
गायिका ममता र गीतकार डिआरको ‘चाँदनी’ सार्वजनिक

काठमाडौंँ । गायिका ममता गुरुङ र डा. डिआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ । श्रेष्ठलाई मोडलिङमा गीतकार उपाध्यायलेनै साथ दिनुभएकाे छ । ५ मिनेट भन्दा लामो गीतको म्युजिक भिडियो एउटै झोलुङ्गे पुलमा छायांकन सकिएको छ ।

सम्भवत एउटै पुलमा पुरै म्युजिक भिडियो छायांकन भएको यो पहिलो हो । भिडियोको निर्देशन समेत उपाध्यायले गर्नुभएकाे हाे । उत्सव
दाहालको छायांकन गर्नुभएकाे म्युजिक भिडियोमा शिलन लम्सालको सम्पादन गर्नुभएकाे  छ । गीतमा संगीत संयोजन पुरुषोतम सुवेदीको रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका