भारत हैदराबाद बोयागुडास्थित गोदाममा आगलागी, ११ कामदारको मृत्यु • Nepal's Trusted Digital Newspaperभारत हैदराबाद बोयागुडास्थित गोदाममा आगलागी, ११ कामदारको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भारत हैदराबाद बोयागुडास्थित गोदाममा आगलागी, ११ कामदारको मृत्यु

भारत हैदराबाद बोयागुडास्थित गोदाममा आगलागी, ११ कामदारको मृत्यु

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
भारत हैदराबाद बोयागुडास्थित गोदाममा आगलागी, ११ कामदारको मृत्यु

भारत । भारतमा हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै एउटा स्क्र्याप गोदाममा आगलागी भएको छ। आगलागीमा परेर अहिलेसम्म ११ कामदारको मृत्यु भएको छ।

मृत्यु हुने मजदुरहरु विभिन्न राज्यका थिए ।  अबेर राति आगलागी हुँदा गोदाममा १२ जना कामदार रहेका स्थानीयले बताउनुभएकाे छ ।

तीमध्ये एक जना कामदार सकुशल भाग्न सफल भएकाे बताइएकाे छ । यस दुर्घटनाले गहिरो दुःख लागेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएकाे छ।

योसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत दिने घोषणा गर्नुभएकाे छ । मृत्यु भएका ११ जनामध्ये ८ जना २० देखि ३० वर्षका र दुईजना ३० वर्षभन्दा माथिका र एकजना ४० वर्षका कामदार रहेका प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटनापछि आठ दमकल घटनास्थलमा पठाइएको थियो । अहिले परिस्थिति नियन्त्रणमा छ । आगलागीको कारण भने खुल्न सकेको छैन । गोदाममा रक्सीका खाली बोतल र ग्यास सिलिन्डर पनि फेला परेका थिए।

बीबीसी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका