तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने बिहीबार प्रधानमन्त्री देउवा तनहुँ आउने • Nepal's Trusted Digital Newspaperतनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने बिहीबार प्रधानमन्त्री देउवा तनहुँ आउने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने बिहीबार प्रधानमन्त्री देउवा तनहुँ आउने

तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने बिहीबार प्रधानमन्त्री देउवा तनहुँ आउने

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने बिहीबार प्रधानमन्त्री देउवा तनहुँ आउने

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जानुहुनेभएकाे छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ तनहुँ जान लाग्नुभएकाे हाे।

प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभएकाे हाे। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ। लगत्तै उहाँले तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ अर्यालले जानकारी दिनुभयाे।

प्रधानमन्त्री देउवाले बिहीबार नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नुहुनेछ। गाउँपालिकाले तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो। उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका