विश्वकै प्रदूषित १० खराब सहरकाे सूचीभित्र काठमाडौं • Nepal's Trusted Digital Newspaperविश्वकै प्रदूषित १० खराब सहरकाे सूचीभित्र काठमाडौं • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्वकै प्रदूषित १० खराब सहरकाे सूचीभित्र काठमाडौं

विश्वकै प्रदूषित १० खराब सहरकाे सूचीभित्र काठमाडौं

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
विश्वकै प्रदूषित १० खराब  सहरकाे  सूचीभित्र काठमाडौं

काठमाडौं ।  विश्वकै प्रदूषित खराब १० सहरकाे सूचीभित्र काठमाडौं पनि परेको छ । मंगलबार विहान ९.४५ बजेको तथ्यांकअनुसार काठमाडौंको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा रहेकाे छ ।

वायुको गुणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौं विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो । स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थकर’ स्तरमा छ ।

केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल सफा छैन । बिहान तुवाँलोले वायुमण्डल ढाकिरहेको छ । आँखा पिरो हुने, चिलाउने र नाक पोल्ने अनुभव हुन थालेको छ । गत वर्ष सरकारले प्रदूषण बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय नै लिनु परेको थियो ।

पोलुनस डट जीओभी डट एनपीका अनुसार बुधबार कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ । पोखरा, सिमारा, भरतपुर, धनकुटा र नेपालगञ्ज क्षत्रेको वायू पनि प्रदूषित अवस्थमा पुगेको छ ।

नेपाल सरकारले पनि काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण आपत्कालसम्बन्धी व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । अहिले काठमाडौंको एक्यूआई १६० को हाराहारीमा पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका