सर्वोच्च अदालतमा संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा आजदेखि सुनुवाइ • Nepal's Trusted Digital Newspaperसर्वोच्च अदालतमा संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा आजदेखि सुनुवाइ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सर्वोच्च अदालतमा संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

सर्वोच्च अदालतमा संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
सर्वोच्च अदालतमा संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ती विरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ ।

सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ ।

संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ।

गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई एक/एक घण्टा समय दिएको छ । अपुग भए दुवै पक्षले आधा/आधा घण्टाको थप समय पाउनेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट निवेदन दर्ता गर्नुभएकाे थियाे ।

तर १७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले एकल इजलासबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिनुभएकाे थियाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका