दाङ-सल्यान सडक खण्डकाे सुक्खा पहिरोमा एक्स्काभेटर पुरियो, सडक अबरूद्ध • Nepal's Trusted Digital Newspaperदाङ-सल्यान सडक खण्डकाे सुक्खा पहिरोमा एक्स्काभेटर पुरियो, सडक अबरूद्ध • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दाङ-सल्यान सडक खण्डकाे सुक्खा पहिरोमा एक्स्काभेटर पुरियो, सडक अबरूद्ध

दाङ-सल्यान सडक खण्डकाे सुक्खा पहिरोमा एक्स्काभेटर पुरियो, सडक अबरूद्ध

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
दाङ-सल्यान सडक खण्डकाे सुक्खा पहिरोमा एक्स्काभेटर पुरियो, सडक अबरूद्ध
photosource:-sankar kc

सल्यान । दाङ-सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एक्स्काभेटर पुरिएको छ । स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते हुनुभएकाे छ ।

सल्यानको कपुरकोट-३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला-ठूला ढुंगाले एक्स्काभेटरको केही भाग पुरिएको छ ।

अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको डिएसपी सुमित खड्काले जानकारी दिनुभयाे । जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले बताएकाे छ ।

दाङबाट अर्काे एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने अनुमान प्रहरीले गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका