गठबन्धनबारे छिटो टुंगो लगाउनुपर्ने प्रधानमन्त्रीलाइ शीर्ष नेताहरूकाे दबाब • Nepal's Trusted Digital Newspaperगठबन्धनबारे छिटो टुंगो लगाउनुपर्ने प्रधानमन्त्रीलाइ शीर्ष नेताहरूकाे दबाब • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गठबन्धनबारे छिटो टुंगो लगाउनुपर्ने प्रधानमन्त्रीलाइ शीर्ष नेताहरूकाे दबाब

गठबन्धनबारे छिटो टुंगो लगाउनुपर्ने प्रधानमन्त्रीलाइ शीर्ष नेताहरूकाे दबाब

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
गठबन्धनबारे छिटो टुंगो लगाउनुपर्ने प्रधानमन्त्रीलाइ शीर्ष नेताहरूकाे दबाब

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा ठोस निर्णय आएको छैन। यस विषयमा सहमति हुन नसक्दा गठबन्धन दल नै कसरी चुनावमा होमिन्छन् भन्न सकिने अवस्था छैन।

गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा चुनावकै विषयमा छलफल गर्न बैठक बसेकाे थियाे। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताबीच छलफल भएको  थियाे।

दाहाल र नेपालले निर्वाचनमा गठबन्धनबारे छिटो टुंगो लगाउनुपर्ने प्रधानमन्त्रीलाई दबाब दिएको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार ‘बैठकमा दाहालजीले ‘चुनावमा कसरी जाने हो ? समय घर्किंदैछ। छिटो तय गरौं। सबै स्थानमा सहकार्य गर्न सकियो भने सहज हुन्छ। हाम्रा पनि आफ्नै गढ छन्। यदि कांग्रेसले सहकार्य नगर्ने हो भने। हामी हाम्रो तरिकाले अघि बढ्छौं,’ भन्नुभयो। त्यसैगरी नेता नेपालले ‘एमालेका गढ भएका जिल्लामा समाजवादी सँगै जाउँ त्यसो गर्दा एमालेको गढ भत्काउन सकिन्छ। एक्लै हिँड्दा कांग्रेसलाई पनि धौधौ होला,’ भन्नुभएमाे थियाे।

बैठकमा प्रधानमन्त्री देउवाको भनाई उध्रित गर्दै स्रोतले भन्यो, ‘दुवै शीर्ष नेताहरूको जिज्ञासामा प्रधानमन्त्रीजीले पार्टीका साथीहरू सबै जिल्लातिर हुनुहुन्छ। ११ गते पार्टीको केन्द्रीय कमिटीको बैठक छ। साथीहरूको धारणा बुझेर मात्र निर्णय गर्छौं।’

बैठकमा निर्वाचनमा सहकार्य गर्न संयन्त्र समिति बनाउने विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्री देउवाले भने कांग्रेसको कार्यसमितिबाट निर्णय आएपछि मात्र त्यतातिर लाग्ने दोहोर्‍याएपछि उक्त विषय अघि बढेन। बैठकमा निर्वाचनको आचारसंहिता समय लागू नहुँदै सरकारले सरकारी नियुक्ति र राजदूत नियुक्ति गर्नुपर्ने संवैधानिक अड्चन छ। त्यसैले पनि ती विषयमा सहजीकरण गरिदिन प्रधानमन्त्रीले दुवै शीर्ष नेतालाई आग्रह गर्नुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका