पोखरा । नेपाली सेनाका नक्कली क्याप्टेन सैनिक वर्दीसहित पोखराबाट प्रहरीले पक्राउ गरेकाे छ। सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पोखराबाट फ्रेस हाउस चलाउने अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हाे।
नेपाली सेनाको नक्कली क्याप्टेन बनेका ओखलढुङ्गा मानेभञ्ज्याङ गाउपालिका वडा नं ५ घर भई पोखरा महानगरपालिका वडा नं १० अम्मरसिंहचोक बस्ने वर्ष ३८ को अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई सैनिक वर्दीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पांच वर्ष नेपाली सेनामा सिपाही पदमा जागीर खाएर छाडेका परियारले आफू शान्ति मिशनका क्रममा बिदेशमा कार्यरत नेपाली सेनाको क्याप्टेन रहेको दाबी गर्दै फेसबुक मार्फत आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान रहेको बताएर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोप मा अदालतबाट ७ दीनको म्याद थपि अनुसन्धान अगाडी बढाएको पत्रकार सम्मेलन गरेर कास्की जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताउनुभयाे ।