काङ्ग्रेस र कम्युनिष्ट्र बिकल्प राप्रपा नेपाल:-कमल थापा • Nepal's Trusted Digital Newspaperकाङ्ग्रेस र कम्युनिष्ट्र बिकल्प राप्रपा नेपाल:-कमल थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काङ्ग्रेस र कम्युनिष्ट्र बिकल्प राप्रपा नेपाल:-कमल थापा

काङ्ग्रेस र कम्युनिष्ट्र बिकल्प राप्रपा नेपाल:-कमल थापा

  • समाचारपाटी
  • बुधबार, चैत्र ९, २०७८
काङ्ग्रेस र कम्युनिष्ट्र बिकल्प राप्रपा नेपाल:-कमल थापा

काठमाडौँ राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतका तिता कुरा बिर्सने र त्रुटि लाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताउनुभएकाे छ ।

आज जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल सङ्ग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको बताउँदै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको समेत बताउनुभयाे ।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने तर्फ चिन्ता ब्यक्त गर्दै थापाले भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयाे ।

राप्रपा नेपाललाई काङ्ग्रेस कम्युनिष्ट्रको बिकल्पको रुपमा अघि बढाईने भन्दै थापाले आर्थिक क्रान्तिको बिषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाउनुभयाे ।

बैठकमा पार्टीका महामन्त्री त्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्बाचन तयारी र प्रशिक्षण ,सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो आफ्नो प्रस्तुति दिनुभएकाे थियाे ।

बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एबं केन्द्रिय पदाधिकारीहरुको सहभागीता रहेको थियो । बाँकी जिल्ला अध्यक्षहरुको बैठक चाढै नै गरिने राप्रपा सचिवालयले जनाएको छ ।

20220322 164330 20220322 164332

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका