काठमान्डाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मौसम प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे छ।
रातीमा भने मौसम देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे छ।