थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट १ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaperथप ४४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट १ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट १ जनाकाे मृत्यु

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट १ जनाकाे मृत्यु

  • समाचारपाटी
  • मङ्लबार, चैत्र ८, २०७८
थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणबाट १ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  आज पनि कोरोना संक्रमणबाट १ जनाकाे मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र २ हजार ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४८१ जना कोरोनाबाट निको भएका छन् भने हाल २ हजार ६८८ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ६ हजार ५९४ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका