विश्वभर भाइरल भएको भिडियोको कथा • Nepal's Trusted Digital Newspaperविश्वभर भाइरल भएको भिडियोको कथा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विश्वभर भाइरल भएको भिडियोको कथा

विश्वभर भाइरल भएको भिडियोको कथा

  • समाचारपाटी
  • मङ्लबार, चैत्र ८, २०७८
विश्वभर भाइरल भएको भिडियोको कथा

 

काम सकाएर घरतर्फ दौडिरहेको भिडियो भाइरल भएपछि एकजना भारतीय पुरुषलाई सहयोगका लागि थुप्रै प्रस्तावहरू आएका छन् । सो भिडियो फिल्म निर्माता विनोद कापरीले बनाएका हुन् ।

ती १९ वर्षिय प्रदीप मेहरा नामक किशोर आफ्नो कार छेउबाट दौडिरहेको देखेपछि विनोदले उनलाई लिफ्टको प्रस्ताव गरेका थिए । तर उनले कार चढ्न मानेनन् । उनले भारतीय सेनामा भर्ती हुन आफूलाई शारीरिक रूपमा बलियो बनाउने उद्देश्यले हरेक दिन काम सकाएर आफू १० किलोमिटर दौडेर घर पुग्ने गरेको बताएका थिए ।

आइतबार साँझ सामाजिक सञ्जालमा अपलोड भएको भिडियोलाई असी लाख भन्दा बढीले हेरिसकेका छन् । शनिबार राजधानी नयाँ दिल्ली नजिकको नोयडा सहरस्थित म्याकडोनाल्डसको एउटा आउटलेटमा रात्रिकालीन काम सकाएर घरतर्फ दौडिरहेकोबेला मेहरालाई कापरीले देखेका हुन् । ब्याकप्याक बोकेर एक सुरले दौडिरहेको देखेर समस्या परेको हुनसक्ने आकलन गरेर विनादेले सहयोग गर्न खोजेका थिए ।
उनले किन लिफ्ट अस्वीकार गरेको भनी सोध्दै गर्दा कारको गति मन्द गररे विनोदले भिडियो खिचेका थिए । निर्देशक विनोदले यो भिडियो ट्विटरमा सेयर गर्दै लेखेका छन्, “उनको कारण सुनेपछि तपाईंहरूले यस केटोलाई मनपराउनु हुनेछ ।ू

नोयडामा आफ्नो दाइसँग बस्ने मेहराले विनोदलाई भनेका छन्, “दिउँसो व्यायाम गर्ने समय नै नभएकाले यसरी राति दौडिने गरेको छु । यदि मैले तपाईंका कारमा यात्रा गरेँ भने मेरो रुटिन नै गोलमाल हुनेछ ।ू

विनोदले सँगै खाना खान राखेको प्रस्ताव पनि अस्वीकार गर्दै उनले भनेका छन्, “अहिले गएर दाइ र मलाई खाना पकाउनुपर्छ । दाइ पनि रात्रिकालीन काम गर्नुहुन्छ ।ू

उनले बिहान पनि काममा जानुअघि खाना पकाउनु पर्ने भएकाले बिहान दौडिन समय नभएको बताएका छन् । उनले आफना अभिभावक उत्तराखण्ड स्थित आफ्नो घर फर्कनु भएको र पिताले बिरामी आमालाई स्याहार्नु परेको बताएका छन् ।

विनोदले यदि भिडियो भाइरल भयो भने के गर्छौ भनी सोधेको प्रश्नको जवाफमा उनले मुस्कुराउँदै भने, “मलाई कसले चिन्लान् … । भाइरल भइहाल्यो भने पनि ठिकै छ । मैले कुनै नराम्रो काम गरेको छैन क्यारे ।

बीबीसीले यसबारे राय बुझ्न मेहरालाई फोन र मेसेज गरेको थियो । तर उनले जवाफ दिएनन् । विनोदले पनि केही टिप्पणी गर्न चाहेनन् ।

यस भिडियोलाई हेरेर हजारौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले लेखेका छन्, “मैलै भिडियो नहेरी बस्न सकिनँ । निजामती कर्मचारी र राजनीतिज्ञहरूले यस केटोको धैर्यता र समर्पण हेरेर आफूलाई गौण महशुस गर्न सक्छन् ।

लेफटिनेन्ट जनरल सतिश दुवा ९अवकाश प्राप्त०ले ट्विट गरेका छन्, “मैले एकजना वरिष्ठ भारतीय सैनिक अधिकारीसँग उनको तालिमका लागि कुरा गरिसकेको छु ।

विपक्षी समाजवादी पार्टीका प्रवक्ताले तिनीहरूले उनको शिक्षा र उनकी आमाको उपचारका लागि खर्च बेहोर्न तयार रहेको बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका