काठमान्डाैँ । सुनको मुल्य मंगलबार आठ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार तेजावी सुनको मुल्य तोलाको ९९ हजार आठ सय रुपैयाँ तोकिएको छ।
चाँदीको मुल्य पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ। सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ।