मल्टिस्टार फिल्म ‘लाखे’ को रिलिज डेट कन्फर्म • Nepal's Trusted Digital Newspaperमल्टिस्टार फिल्म ‘लाखे’ को रिलिज डेट कन्फर्म • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मल्टिस्टार फिल्म ‘लाखे’ को रिलिज डेट कन्फर्म

मल्टिस्टार फिल्म ‘लाखे’ को रिलिज डेट कन्फर्म

  • समाचारपाटी
  • मङ्लबार, चैत्र ८, २०७८
मल्टिस्टार फिल्म ‘लाखे’ को रिलिज डेट कन्फर्म

काठमाडौं। मल्टिस्टार फिल्म ‘लाखे’ ले प्रदर्शन मिति सार्वजनीक गरेको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ ३१ भदौमा प्रदर्शन हुने जानकारी दिनुभएकाे छ । सम्राट बस्नेत निर्देशीत फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्ने सम्झौता भएको छ ।

महंगो बजेटमा निर्माण गरिएको बताइने फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी,अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा रहनुभएकाे छ ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुनुहुन्छ । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत रहेकाे छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेख्नुभएकाे हाे । अर्जुन जिसीले सम्पादन गर्ने फिल्मको छायांकन हालै समापन भएको हो ।

फिल्म गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक सम्राटले बताउनुभएकाे छ । उहाँले केही समयमै फिल्मको फष्ट्रलुक पोस्टर दर्शकमाझ ल्याउने तयारी गरिएको जानकारी दिनुभयाे ।

LAKHE 2

L 3 LAKHE 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका