पोखरा । पूर्व प्रधानपञ्च रुद्र बहादुर कार्कीको सोमबार राति निधन भएको छ । कार्की पोखरा १२ चापापानी बस्दै आउनुभएकाे थियाे । कार्कीको सोमबार राति करीब आठ बजेकाे समयमा निधन भएको हो ।
कार्की पोखराको लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी र विकास अभियन्ता हुनुहुन्थ्यो । उहाँले मध्यकालीन ग्रामिण पोखरालाई आधुनिक युगको शहर उन्मुख गराउँन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँको संकल्प अनुसार नै आधुनिक पोखरा निर्माणको प्रारम्भ भएको मानिन्छ । स्वर्गीय कार्कीको मङ्गबार बिहान पोखराको रामघाटस्थित सेती नदी किनारमा दाहसंस्कार गरिने प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले बताउनुभयाे ।
करीब १० बजे पोखरा १२ चापापानीस्थित निवासबाट शवयात्रा हुने बताइएको छ । उहाँका चार छोरा र आठ छोरी छन् । साहिला छोरा टिका बहादुर कार्कीले पोखराको सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक र खेलकुद क्षेत्रमा योगदान गर्दै आउनु भएको छ ।