पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता शुरु • Nepal's Trusted Digital Newspaperपोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता शुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता शुरु

पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता शुरु

  • समाचारपाटी
  • मङ्लबार, चैत्र ८, २०७८
पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता शुरु

पाेखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ ।

कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै उहाँले आँफुपनि लामो समयदेखि टेनिस खेल्दै आएको बताउनुभयो । आफ्ना अनुभव सुनाउँदै उहाँले यो खेलले जित्ने हौसला प्रदान गर्ने, आत्माविश्वास बढाउने, शारीरिक तथा मानसिक रुपमा बलियो बनाइराख्ने बताउनुभयो ।

पोखरा आफ्नो मामलिघर भएकाले पनि पोखरासंग पुरानै सामीप्यता रहेको तर टेनिसले पोखरासंगको साइनो झनै प्रगाढ पारेको भन्दै उहाँले जुनियर टेनिस विकासका लागि सहयोग घोषणा समेत गर्नुभयो । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा हरेक वर्ष दुई लाख रुपैयाँ सहयोग गर्ने तथा खेलाडीको बृद्धिविकासका लागि आफ्नों बुवा आमाको नाममा ४ लाँख रुपैयाँको अक्षयकोष राख्ने पनि सो अवसरमा उहाँले घोषणा गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश खेलकुद विकास समिति, गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ्ग, फिष्टेल एकेडेमीका प्राचार्य चिनु रानाभाट, गण्डकी बोर्डिङ्ग स्कुलका प्राचार्य विरेन्द्र खड्का, टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ लगायतले पोखरामा टेनिस खेलले राम्रै सफलता हाँसिल गरेको भन्दै खुसि व्यक्त गर्नुभयो । संघ कास्कीका अध्यक्ष लोकबहादुर गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघका सदस्य मोनिका थापा र सचिव नविन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यसैविच प्रतियोगिताको उद्घाटन खेलमा आर्यषराज पौडेलले विजयी शुरुवात गर्नुभएकाे छ । ८ वर्ष मुनिका नेपाल च्याम्प पौडेलले आफ्नैं उमेर समुहको खेलमा रेयान्सबहादुर भट्टराईलाई पराजित गर्नुभएकाे हाे । ८ वर्ष मुनिका अन्य खेलहरुमा निरज टण्डनले आदित्य केसीलाई, नितेस थापाले इभान भट्टराईलाई, सुभान केसीले प्रान्सु कायस्थलाई पराजित गर्नुभयाे । ८ वर्ष मुनिकै गल्र्सतर्फ सारा पन्तले जेनोभा शर्मालाई तथा जिवाश्रीले केजिया शाक्यलाई पराजित गर्नुभयाे ।

१४ वर्ष मुनिको गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले आदिती पराजुलीलाई तथा सिभाली गुरुङ्गले स्वस्तीका विष्टलाई पराजित गर्नुभयाे । १४ वर्ष मुनिको ब्वाइज सिंगल्समा राजविर प्रधानले स्पर्श क्षेत्रीलाई, निसाद जोशिले जिवन सुनारलाई, सृजन भट्टराईले शास्वत बज्राचार्यलाई तथा दर्शील श्रेष्ठले एड्रिन थापालाई पराजित गर्नुभएकाे छ ।

प्रतियोगितामा यु–८,९ र १० का विजेता तथा उप–विजेता खेलाडीहरुले गिफ्टह्याम्पर्स, तथा तृतीयलाई मेडल तथा प्रमाणपत्र, यु–१२ ब्वाईज एण्ड गल्र्स सिंगलका विजेताले नगद ८ हजार, उप–विजेताले ५ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यु–१४ ब्वाईज एण्ड गल्र्स सिंगलतर्फ विजेताले नगद १२ हजार, उप–विजेताले नगद ६ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यु–१६ ब्वाइज एण्ड गल्र्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्करा प्राप्त गर्नेछन् । त्यस्तै ओपन ब्वाइज एण्ड गल्र्स डबल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका