थप ४५ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaperथप ४५ जनामा कोरोना संक्रमण पुष्टि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४७ जना कोरोनाबाट निको भएका छन् भने हाल ३ हजार १३५ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार ३७८ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ४ हजार ७५२ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका