स्याङजा । स्याङजा गल्याङ नगरपालिका-१ नब्बे स्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल र गाडी आपसमा ठक्कर खाँदा घाईते हुनुभएका एक युवककाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
साेमबार दिउसाे १ बजे वालिङबाट बुटवल तर्फ जादै गरेको ग १५ प ७४४७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको लु २ ख ५२९० नम्बरको गाडी एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक २७ वर्षिय जितेन्द्र पटेल घाईते हुनुभएकाे थियाे । घाईते चालकलाई उपचारको लागि स्याङजा नगर अस्पताल गल्याङमा उपचारको लागि लगिएकाे थियाे घाईते पटेलकाे उपचारको क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
घाईते चालककाे उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएकाे छ । मृत्यु हुने युवक रुपन्देही सुद्धोधन
गाँउपालिका-५ फर्सटिकट घर भएकाे र जिल्ला स्याङजा गल्याङ नगरपालिका-३ गल्याङ बजारमा कुशल मोटरसाईकल वर्कसपमा काम गर्दै आएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।
घटनास्थलमा प्रहरी टोली खटि सवारी र सवारीचालक नियन्त्रणमा लिएकाे, थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले ले बताएकाे छ ।