पहाडी भू-भागको केहि स्थानमा मेघगर्जन चटयाङसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperपहाडी भू-भागको केहि स्थानमा मेघगर्जन चटयाङसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पहाडी भू-भागको केहि स्थानमा मेघगर्जन चटयाङसहित हल्का वर्षाको सम्भावना

पहाडी भू-भागको केहि स्थानमा मेघगर्जन चटयाङसहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • मङ्लबार, चैत्र ८, २०७८
पहाडी भू-भागको केहि स्थानमा मेघगर्जन चटयाङसहित हल्का वर्षाको सम्भावना

काठमान्डाैँ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  दिउँसो  देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक-दुईस्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

आज रातीमा भने  देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाे छ।

पहाडी भू-भागको एक वा दूई स्थानमा मेघ गर्जन चटयाङ को सम्भावना रहेको हुनाले पहाडी भेगका नागरीकहरूलाई आवश्यक सतर्कता अपनाउनकाे लागि जल तथा मौसम विज्ञान महाशाखाले अनुराेध गरेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका