सुचना प्रविधिमा याे साता:-आइफोन एसइसँग सामसुङले प्रतिस्पर्धा देखि आइफोन प्रयोगकर्ताका गुनासाे सम्म • Nepal's Trusted Digital Newspaperसुचना प्रविधिमा याे साता:-आइफोन एसइसँग सामसुङले प्रतिस्पर्धा देखि आइफोन प्रयोगकर्ताका गुनासाे सम्म • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुचना प्रविधिमा याे साता:-आइफोन एसइसँग सामसुङले प्रतिस्पर्धा देखि आइफोन प्रयोगकर्ताका गुनासाे सम्म

सुचना प्रविधिमा याे साता:-आइफोन एसइसँग सामसुङले प्रतिस्पर्धा देखि आइफोन प्रयोगकर्ताका गुनासाे सम्म

  • समाचारपाटी
  • मङ्लबार, चैत्र ८, २०७८
सुचना प्रविधिमा याे साता:-आइफोन एसइसँग सामसुङले प्रतिस्पर्धा देखि आइफोन प्रयोगकर्ताका गुनासाे सम्म

एप्पलले हालै विभिन्न नयाँ फिचर भएको आइओएस १५.४ लञ्च गरेको छ । आइओएस १५.४ मा प्रयोगकर्ताले मास्क लगाएरै फेस आइडीबाट आइफोन अनलक गर्न सक्ने फिचर उपलब्ध छ । यद्यपि यो अपरेटिङ सिस्टमको यो अपडेटपछि धेरै प्रयोगकर्ताले समस्या भोगिरहेका छन् ।प्रयोगकर्ताहरूले आइओएस १५.४ अपडेट गरेसँगै फोनमा तीव्र गतिमा ब्याट्री खपत भैरहेको गुनासो गरेका छन् । ट्वीटरमा आइफोन प्रयोगकर्ताका गुनासाहरुको बाढी नै आएको छ ।

ट्वीटरमा प्रयोगकर्ताले गरेका गुनासा अनुसार आइओस १५.४ अपडेट पश्चात् आइफोनको ब्याट्री लाइफ अत्यन्तै कम भएको छ । ब्याट्रीको चार्ज १० मिनेटमै ५ प्रतिशतले घट्ने गरेको छ । एक आइफोन १३ प्रो म्याक्स प्रयोगकर्ताका अनुसार उहाँको आइफोनको ब्याट्री आधा दिनमै आधाजसो रित्तिने गरेको छ । कतिपय प्रयोगकर्ताहरूका अनुसार आइफोनमा ९६/९७ प्रतिशतसम्म चार्ज गरेर प्लग निकालेपछि शतप्रतिशत चार्ज भएको देखाउने गरेको छ । तर ५ मिनेटपछि आइफोन रिस्टार्ट गर्दा ब्याट्री चार्ज तीव्र गतिमा घटेको हुन्छ ।

आइफोन अपरेटिङ सिस्टममा नयाँ अपडेटसँगै देखा परेको ब्याट्री लाइफको यो समस्यका विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । आइओएस १५.४ को अपेट आइफोन १३ सिरिज, आइफोन १२ सिरिज, आइफोन ११ सिरिज, आइफोन एक्स सिरिज, आइफोन ८, आइफोन ८ प्लस, आइफोन सेभेन, आइफोन सेभेन प्लस, आइफोन ६ एस, आइफोन ६ एस प्लस र आइफोन एस इ मा उपलब्ध छ । त्यस्तै आइप्याड टचमा पनि यो अपडेट उपलब्ध छ ।

iphone

एप्पलले आफ्नो सबैभन्दा सस्तो फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको एक हप्ता पछि सामसुङले पनि नयाँ बजेट फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको छ ।

एप्पलको आइफोन एसइ फाइभ जी सँग मूल्य तथा डिजाइनमा समेत प्रतिस्पर्धा गर्नेगरी सामसुङले बिहिबार नयाँ ग्यालेक्सी ए ५३ फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको हो ।

ग्यालेक्सी ए ५३ मा नयाँ क्वाड कोर क्यामरा सिस्टम, शक्तिशाली प्रोसेसर, उत्कृष्ट डिजाइन र फाइभ जी सपोर्ट रहेको छ । यसमा ६.५ इन्चको स्क्रिन तथा कम्पनीको एक्जीनोस फाइभ नानोमिटर प्रोसेसर रहेको छ । साथै यसमा ब्याट्री क्षमता पनि उच्च रहेको र एकपटक चार्ज गरिसकेपछि दुई दिनसम्म ब्याट्री टिक्ने दाबी गरिएको छ ।

क्वाडकोर क्यामरा सिस्टम अन्तरगत एउटा ६४ मेगापिक्सेलको मूख्य क्यामरा छ भने सेल्फी क्यामरा ३२ मेगापिक्सेलको छ । इसको सुपथ मूल्यका कारण ग्यालेक्सी ए ५३ उपभोक्ताहरुको रोजाइमा पर्नसक्ने देखिएको छ । १२८ जिबी स्टोरेजवाला ए ५३ मोडेलको मूल्य ४४९ डलर तोकिएको छ जुन अघिल्लो मोडेलको भन्दा ५० डलर कम हो । जुन एप्पलको आइफोन एसइ फाइभ जी भन्दा ३० डलर सस्तो पर्दछ ।

एप्पलले आइफोन एस इ फाइभ जी को ६४ जिबी मोडेल पनि ल्याएको छ, जसको मूल्य ४२९ डलर छ । तर सामसुङले भने ए ५३ फाइभ जी मा ६४ जिबी मोडेल ल्याएको छैन ।

बजेट स्मार्टफोनको बजार समेत संतृप्त बनिसकेको बेला सामसुङ तथा एप्पलका स्मार्टफोनको मूल्ययुद्धमा सामसुङले बाजी मार्ने देखिएको छ । जसका कारण बजेट फाइभ जी स्मार्टफोनका उपभोक्ताहरुबीच ग्यालेक्सी ए ५३ पहिलो रोजाई बन्न सक्दछ ।

सामसुङका प्रिमियम ग्यालेक्सी एस तथा नोटका फ्लागसिप स्मार्टफोनले ए सिरिजका स्मार्टफोनलाई छायाँमा पार्दै आएको भएपनि महामारी पश्चात् विश्वको अर्थतन्त्र तहसनहस हुँदा ए सिरिजका बजेट स्मार्टफोनको माग बढेको छ । गतवर्ष विश्व बजारमा भएका स्मार्टफोन बिक्रिमा सामसुङका बजेट फोनको बाहुल्य रहेको थियो ।

samsung

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका