आगामी आर्थिक वर्षबाट ६५ वर्ष उमेरदेखि वृद्धभत्ता दिने सरकारकाे गृहकार्य • Nepal's Trusted Digital Newspaperआगामी आर्थिक वर्षबाट ६५ वर्ष उमेरदेखि वृद्धभत्ता दिने सरकारकाे गृहकार्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आगामी आर्थिक वर्षबाट ६५ वर्ष उमेरदेखि वृद्धभत्ता दिने सरकारकाे गृहकार्य

आगामी आर्थिक वर्षबाट ६५ वर्ष उमेरदेखि वृद्धभत्ता दिने सरकारकाे गृहकार्य

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
आगामी आर्थिक वर्षबाट ६५ वर्ष उमेरदेखि वृद्धभत्ता दिने सरकारकाे गृहकार्य

काठमान्डाैँ । कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारले आगामी आर्थिक वर्षबाट ६५ वर्ष उमेरदेखि वृद्धभत्ता दिने गृहकार्य गरिरहेको छ । योजना आयोग उच्च स्रोतका अनुसार ‘६५ वर्ष लागेका नागरिकलाई स्वेच्छिक रूपमा निवेदन दिएर भत्ता वितरणको व्यवस्था गर्न तयारी भइरहेको छ ।’

‘आवश्यकता रहेको व्यक्तिलाई मात्रै सामाजिक सुरक्षा दिने प्रगतिशील थिति बसाल्न नयाँ प्रयोग थाल्दैछौं’ आयोगका एक उच्च पदस्थ अधिकारीले भन्नुभयाे, ‘६५ देखि ७० वर्ष उमेरसम्मका नागरिकले आफूलाई मनोनयन गरेर भत्ता लिन पाउने व्यवस्था गर्दा सम्पन्न वर्ग यसबाट स्वतः टाढिन्छन् र अत्यावश्यक पर्नेले मात्रै लिन पाउँछन् ।’

यसले राज्यकोषमा कति भार पर्छ भन्ने यकिन नभए पनि ७० वर्षको उमेरहदलाई प्रगतिशील ढाँचामा ६५ वर्षमा झार्ने तय भइसकेको आयोगका अधिकारीले बताउनुभयाे ।

सरकारले वृद्धभत्ताको उमेरहद घटाउने तयारी गरिरहँदा चुनावी प्रचारमा व्यस्त अन्य दलहरू पनि वृद्धभत्ताको जस लिने होडबाजीमा छन् । गएको शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गोरखा पुगेर आफूहरूले वृद्धभत्ता सुरु गरेको दाबी पेश गर्नुभएकाे  थियाे।

‘नेपालमा बूढापाकालाई भत्ताको सुरुवात कसले गर्‍यो भनेर सोध्ने हो भने त्यो बेलाको पार्टी, जसको नेता माधव नेपाल हुनुहुन्थ्याे, त्यही पार्टीले गर्‍यो भन्छन्’ नेपालले भन्नुभएकाे थियाे, ‘सारा देशले सम्झि  रहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधवकुमार नेपाल उपप्रधानमन्त्री । पार्टीको तर्फबाट मूल नेता । वृद्ध भत्ताको सुरु गर्ने मान्छे । मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन । कमसेकम स्याबास् भन्नुपर्ने हो नि !’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका