सम्झौता कार्यान्वयन गर्ने सहमति भएपछि उठ्न थाल्यो पोखरामा थुप्रिएको फोहोर • Nepal's Trusted Digital Newspaperसम्झौता कार्यान्वयन गर्ने सहमति भएपछि उठ्न थाल्यो पोखरामा थुप्रिएको फोहोर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सम्झौता कार्यान्वयन गर्ने सहमति भएपछि उठ्न थाल्यो पोखरामा थुप्रिएको फोहोर

सम्झौता कार्यान्वयन गर्ने सहमति भएपछि उठ्न थाल्यो पोखरामा थुप्रिएको फोहोर

पोखरा महानगर

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
सम्झौता कार्यान्वयन गर्ने सहमति भएपछि उठ्न थाल्यो पोखरामा थुप्रिएको फोहोर

पोखरा । पोखरा बजारमा थुप्रिएको फोहोर ६ दिनपछि उठ्न थालेको छ। ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले आप्ना माग महानगरपालिकाले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गरेपछि पोखराको मुख्य बजार क्षेत्रमा फोहोर थुप्रिएको थियो ।

ल्यान्डफिल साइट क्षेत्रका स्थानीय प्रतिनिधि, कास्कीका प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरका प्रतिनिधिबीच आइतबार बसेको बैठकले पुरानै सम्झौता कार्यान्वयन गर्ने सहमति पछि फोहोर उठ्न थालेको हो । बैठकले स्थानीयका पुराना माग एक हप्ताभित्र पुरा गर्ने सहमति पछि फोहोर उठ्न थालेको बैठकमा सहभागी सरोकार समितिका अध्यक्ष बोधराज कार्कीले बताउनुभयाे ।

स्थानीयको माग अनुसार पोखरा १४ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने, सडक, पुल निर्माणका लागि डीपीआर यसै वर्ष गर्ने, ल्यान्डफिल साइट स्यानिटाइज गर्ने लगायतका ७ बुँदा सम्झौता कार्यान्वयन गर्ने सहमति भएपछि फोहोर संकलन सुरु भएको हो ।

महानगरपालिकाले सम्झौता गरे पनि कार्यान्वयन नगरेकोले फोहोर बोक्ने गाडी चैत १ गते देखि रोक लगाउन बाध्य भएको स्थानीयले बताएका थिए । पोखरामा दैनिक १ सय ८० टनभन्दा बढी फोहोर निस्कने गरेको महानगरको सरसफाइ शाखाले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका