शैक्षिक थलोमै दलितमाथि विभेद • Nepal's Trusted Digital Newspaperशैक्षिक थलोमै दलितमाथि विभेद • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • शैक्षिक थलोमै दलितमाथि विभेद

शैक्षिक थलोमै दलितमाथि विभेद

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
शैक्षिक थलोमै दलितमाथि विभेद

अशोक विश्वकर्मा, पर्वत । कानुनत बन्देज गरिएको जातीय भेदभाव अझै पनि ब्यवहारबाट भने हट्न सकेको छैन । दलित समुदायमाथि बषौँदेखि हुदै आएको उत्पिडन हटाउन पुराना पुस्तालाई बाधक देखाउने गरिएता पनि पछिल्लो र शिक्षित पुस्तामा पनि विभेदकारी मानसिकता हावि भएको देखिन्छ । यसको गतिलो उदाहरण हो पर्वत जिल्लाको महाशिला गाउँपालिका ४ मा रहेको स्वधर्म माध्यामिक विद्यालयको प्रध्यानाध्यापक नियुक्तीको प्रक्रिया ।

शिक्षा नियामावली अनुसार विद्यालयका प्रधानाध्यापक हुन योग्य शिक्षक दलित भएकै कारण यहाँ अवसरबाट बञ्चित गराइएको पाइएको छ । प्रध्यानाध्यापक पद रिक्त भएको खण्डमा मावि तहका स्थायी शिक्षकलाई निमित्त प्रअको जिम्मेवारी दिनुपर्ने नियमावलीमा उल्लेख छ । यो विद्यालयमा कार्यरत एक मात्र स्थायी मावि तहका शिक्षक लालबहादुर विकलाई अवसरबाट बञ्चित गराएर राहत कोटामा कार्यरत शिक्षक शेषकान्त शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

आफुमा सवै योग्यता हुदाँ समेत अवसरबाट बञ्चित गराउनुलाई शिक्षक विकले दलित समुदाय माथि गरिएको अन्यायका रुपमा बुझ्नुभएकाे छ । ‘मैले यहाँ निकै अपमान सहेर काम गर्नु परेको छ ।’ शिक्षक विकले भन्नुभयाे, ‘एउटा समुदायको प्रतिनिधिले जातीयताकै आधारमा कहिलेसम्म अन्याय सहनुपर्ने ?’ अवसरबाट बञ्चित हुनुपरेको गुनासो गर्दै विकले विद्यालयमा कार्यरत शिक्षकहरुको ब्यवहार समेत आफुमाथि समान नभएको जानकारी दिनुभयाे ।

प्रधानाध्यापक नियुक्तीका विषयलाई लिएर गाउँपालिकाका शिक्षा शाखा र अख्तियारसम्म पुगेका विकले न्यायको महशुस गर्न पाउनुभएकाे छैन । अख्तियारले समेत अवैधानिक रुपमा प्रअ नियुक्त गरिएकाले तत्काल विकलाई जिम्मेवारी दिन परिपत्र गरेको छ तर गाउँपालिका र विद्यालयसँग सरोकार राख्ने ब्यक्तिहरुले अटेरी गर्दै आएका छन् । विद्यालय ब्यवस्थापन समिति गठनलाई पुर्णता नदिने र निमित्तको जिम्मेवारी दिन समितिले पुर्णता पाउनुपर्ने भन्दै शिक्षक विकलाई शिक्षा शाखाले बताउँदै आएको छ । यता पिडित विकले भने अपुर्ण विब्यसले राहत कोटाका शिक्षकलाई निमित्त को जिम्मेवारी दिन मिल्ने तर आफ्नो हकमा समिति पुर्ण हुनुपर्ने आश्वासनले सम्वन्धित निकायमा एकल जातीय प्रभाव देखिएको बताउँनुहुन्छ ।

शिक्षा शाखाका प्रमुख दिनेश शर्माले भने शिक्षक विकलाई जातीय कारणले अवसरबाट बञ्चित गराइएको भन्ने आधार नभएको बताउनुभयाे । उहाँले लामो समयदेखि कार्यरत शिक्षकलाई निमित्तको जिम्मेवारी दिइएको जानकारी प्राप्त गरेको बताउँदै शिक्षा शाखाले चासो दिईरहेको बताउनुभयाे । उहाँले विद्यालय ब्यवस्थापन समिती गठनलाई पुर्णता दिएर प्रअको नियुक्ती गर्न परिपत्र भईसकेको बताउनुभयाे । शर्माका अनुसार विद्यालयमा प्रअ नियुक्त नहुदाँसम्मका लागि विद्यालयका खाता बन्द गर्ने निर्णय समेत भएको जानकारी दिनुभयाे ।

अवैध रुपमा निमित्त प्रअको जिम्मेवारी सम्हालेका शर्मा जिल्लाकै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माका भाई समेत हुनुहुन्छ । एमाले निकट नगर प्रमुखले विद्यालयमा भएको अवैधानिक निर्णयका विरुद्धमा समाचार लेख्ने पत्रकारहरुलाई समाचार नलेख्न र प्रकाशित सामाग्री हटाउन दवाव दिदै आउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका