अस्ट्रेलियाबासि नेपालीले शिक्षा क्षेत्रमा गरेको सहयोगको उपराष्ट्रपतिद्वारा प्रशंसा • Nepal's Trusted Digital Newspaperअस्ट्रेलियाबासि नेपालीले शिक्षा क्षेत्रमा गरेको सहयोगको उपराष्ट्रपतिद्वारा प्रशंसा • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • अस्ट्रेलियाबासि नेपालीले शिक्षा क्षेत्रमा गरेको सहयोगको उपराष्ट्रपतिद्वारा प्रशंसा

अस्ट्रेलियाबासि नेपालीले शिक्षा क्षेत्रमा गरेको सहयोगको उपराष्ट्रपतिद्वारा प्रशंसा

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
अस्ट्रेलियाबासि नेपालीले शिक्षा क्षेत्रमा गरेको सहयोगको उपराष्ट्रपतिद्वारा प्रशंसा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले अस्ट्रेलियाबासि नेपालीहरूले नेपालमा शिक्षा क्षेत्रमा गरेको सहयोगको उच्च प्रशंसा गर्नुभएको छ ।

नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइटको शुभारम्भ गर्दै उपरास्ट्रपति नन्दबहादुर पुनले बिदेशमा रहेका नेपालीहरुले गरेको काम निकै महत्वोको हुने गरेको बताउनुभयो ।

समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको https://www.swornimyug.org मा गएर हरेक व्यक्ति र सस्थाले आफ्नो प्रोफाइल खोल्न र स्वर्णिम उपहार अभियानमा सामेल हुन सकिन्छ ।

फाउन्डेसनको शुभारम्भ समारोहमा नन्दबहादुर पुनले उक्त वेबसाइट निकै उपयोगी भएको बताउनुभयो । फाउन्डेसनको स्थापना गर्न प्रेरक भएको पुस्तक ‘स्वर्णिम रहस्य’ को पनि उहाँले बिमोचन गर्नुभयो । अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने पुस्तक सबैले अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

उक्त समारोहमा बोल्दै शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रि बोधमाया यादवले फाउन्डेसनले सामाजिक सेवामा नयाँ चरणको सुरुवात गरेको बताउनुभयो ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपति डा. मंगल रावलले आफू यो फाउन्डेसनको हरेक गतिबिधिमा सहभागी हुने प्रतिबद्वता व्यक्त गर्नुभयो । गैर आवाशीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भवन भट्ट, धर्मराज अधिकारी, विजय पोखरेल, समिम अनबर, बद्री बरुवाल लगायतले पनि यो अभियानमा आफ्नो एक्कैबद्वता रहेको बताउनुभयो ।

पुस्तक पढेपछि आफूपनि प्रभावित भएर अभियानमा सामेल भएको बताएका नेपालको प्राबिधिक शिक्षा बिज्ञ खेम लकाईले आफू यो फाउन्डेसनमार्फत समाजसेवामा सहभागी हुने बताउनुभयो ।

नेपालका स्थापित पत्रकार मनऋषि धितालको अध्यक्षतामा भएको फाउन्डेसन शुभारम्भ कार्यक्रममा सञ्चारकर्मी, बागमती सफाई अभियन्ताहरू, कलाकार समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

 

Sworimyug

Sworimyug3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका