सुनको मूल्यमा सामान्य  वृद्धि, चाँदीको मूल्य भने स्थिर • Nepal's Trusted Digital Newspaperसुनको मूल्यमा सामान्य  वृद्धि, चाँदीको मूल्य भने स्थिर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनको मूल्यमा सामान्य  वृद्धि, चाँदीको मूल्य भने स्थिर

सुनको मूल्यमा सामान्य  वृद्धि, चाँदीको मूल्य भने स्थिर

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
सुनको मूल्यमा सामान्य  वृद्धि, चाँदीको मूल्य भने स्थिर

काठमाडौं  साताको पहिलो दिन आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार सामान्य  वृद्धि भएकाे छ। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर  ९९ हजार ५ सय कायम गरिएको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबार सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुन तोलाको ९९ हजार कायम गरिएको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य स्थिर छ। आज चाँदी १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका