उपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेता आज चीन प्रस्थान • Nepal's Trusted Digital Newspaperउपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेता आज चीन प्रस्थान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेता आज चीन प्रस्थान

उपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेता आज चीन प्रस्थान

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
उपाध्यक्ष विष्णु पौडेलसहित एमाले नेता आज चीन प्रस्थान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गर्नुभएकाे छ । पौडेलको नेत्रित्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गर्नुभए काे हाे ।

उपाध्यक्ष पौडेल नेत्रित्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएकाे छ । उहाँहरू यही चैत १४ गते मात्रै नेपाल फर्किनुहुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका