निर्वाचन आयोगमा राप्रपा नेपालका ७७ जिल्ला कार्य समितिहरुको विवरण पेश • Nepal's Trusted Digital Newspaperनिर्वाचन आयोगमा राप्रपा नेपालका ७७ जिल्ला कार्य समितिहरुको विवरण पेश • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निर्वाचन आयोगमा राप्रपा नेपालका ७७ जिल्ला कार्य समितिहरुको विवरण पेश

निर्वाचन आयोगमा राप्रपा नेपालका ७७ जिल्ला कार्य समितिहरुको विवरण पेश

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
निर्वाचन आयोगमा राप्रपा नेपालका ७७ जिल्ला कार्य समितिहरुको विवरण पेश

राप्रपा नेपालले स्थानीय निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा राप्रपा नेपालका ७७ जिल्ला कार्य समितिहरुको विवरण पेश गरेको छ ।

उक्त विवरण पेंश गर्न पार्टीका तर्फबाट महामन्त्री सुशील श्रेष्ठ, प्रवक्ता सुरेश आचार्य र सह महामन्त्री तेजकुमार कुरुङवाङ् निर्वाचन आयोग जानुभएको थियो ।

पूर्व उपप्रधानमंत्री कमल थापाको अध्यक्षतामा राप्रपा नेपाल गत फागुन ७ गते घोषणा सभा गरी पुनर्जागृत भएको थियो । यसरी एक महिनामै देशभरी जिल्लास्तरीय भेला आयोजना गरी ७७ जिल्लामा संगठन बिस्तार गर्न सफल भएकोमा पार्टीका संपूर्ण नेता कार्यकर्ताहरुलाई अध्यक्ष थापाले धन्यवाद व्यक्त गर्नु भएको छ ।

2078 12 6 scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका