सृजना कप भलिबल उपाधिका लागि छात्रतर्फ शान्ता मेश्रम मावि, छात्रातर्फ शान्ता र लक्ष्मी मावि भिड्ने • Nepal's Trusted Digital Newspaperसृजना कप भलिबल उपाधिका लागि छात्रतर्फ शान्ता मेश्रम मावि, छात्रातर्फ शान्ता र लक्ष्मी मावि भिड्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सृजना कप भलिबल उपाधिका लागि छात्रतर्फ शान्ता मेश्रम मावि, छात्रातर्फ शान्ता र लक्ष्मी मावि भिड्ने

सृजना कप भलिबल उपाधिका लागि छात्रतर्फ शान्ता मेश्रम मावि, छात्रातर्फ शान्ता र लक्ष्मी मावि भिड्ने

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
सृजना कप भलिबल उपाधिका लागि छात्रतर्फ शान्ता मेश्रम मावि, छात्रातर्फ शान्ता र लक्ष्मी मावि भिड्ने

पोखरा  । पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र मेश्रम वराह भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ शान्ता मावि र लक्ष्मी मावि बीच पाधि भिडन्त हुने भएको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आइतबार भएको सेमीफाइनल खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई र शान्ता माविले ईन्द्रराज्य लक्ष्मी माविलाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका हुन् ।

त्यस्तै, छात्रातर्फ लक्ष्मी माविले भद्रकाली माविलाई र शान्ता माविले विन्ध्यबासिनी माविलाई पराजित गर्दै उपाधि भिडन्तका लागि भेट पक्का गरेका हुन् । प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयाे ।

प्रतियोगिता अन्तर्गत आईतबार विहान तेश्रो स्थानका लागि छात्रतर्फ कालिका मावि र ईन्द्रराज्य मावि तथा छात्रातर्फ भद्रकाली मावि र विन्ध्यबासिनी मावि आमनेसामने हुनेछन् ।

आईतबार भएको छात्रतर्फ सेमीफाइनल खेलमा मेश्रम वराह माविले कालिका माविलाई २३–२५, २५–२१, १५–२५, २५–१५ र ११–१५ को सेटमा पराजित गर्यो । अर्को खेलमा शान्ता माविले ईन्द्रराज्यलक्ष्मी माविलाई २५–२१, २५–२० र २५–१७ को सोझो सेटमा पराजित गर्यो ।

छात्रातर्फको सेमीफाइनल खेलमा लक्ष्मी माविले भद्रकाली माविलाई २५–१८, २५–२० र २५–१७ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्यो । अर्को खेलमा शान्ता माविले विन्ध्यबासिनी माविलाई २५–१८, १३–२५, २५–१८ र २५–१६ को सेटमा पराजित गर्दै फाइनलमा पुग्यो ।

यसअघी आईतबारै भएको क्वाटरफाइनल खेलमा छात्रतर्फ भद्रकाली माविले अमरसिंह माविलाई २५–१८ र २५–२३ को सेटमा तथा मेश्रम वराह माविले गोगन माविलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गर्यो । त्यस्तै ईन्द्रराज्य लक्ष्मी माविले भविष्य निर्माण माविलाई २५–१६, २१–२५ र २५–२२ को सेटमा तथा शान्ता माविले राष्ट्रिय माविलाई २५–२३, २२–२५ र २६–२४ को सेटमा पन्छाउँदै सेमीफाइनल प्रवेश गर्यो ।

छात्रातर्फको क्वाटरफाइनल खेलमा कालिका माविले महेन्द्र माविलाई २५–७७, २५–१५ र २५–२१ को सेटमा, लमा शान्ता माविले कन्या माविलाई २५–२२ र २५–१२ को सेटमा, लक्ष्मी माविले जनप्रिय माविलाई २८–२६, २५–२० र २७–२५ को सेटमा पन्छाउँदै सेमीफाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमहरुको सहभागिता छ ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०÷५० हजार र तृतीय हुने विद्यालयलाई ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका