काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त • Nepal's Trusted Digital Newspaperकाँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त

काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त

पोखरा। नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त हुनुभएकाे छ । पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उहाँलाई नियुक्त गर्नुभएकाे हाे । काँग्रेसको प्रदेश कार्यसमिति सदस्य रहनुभएका पौडेलसँग तीन दशकभन्दा बढी पत्रकारिताको अनुभव रहेकाे छ ।

पर्वत कुशमा नगरपालीका ९ कटुवाचौपारीका पौडेल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं रेडियो वाराहीका कार्यकारी निर्देशक हुनुहुन्छ । हाल सरकारी सञ्चारमाध्यम देखि अन्य संघ संस्थामा कार्यरत रहनुभएकाे छ । उहाँले कानुनमा स्नातकदेखि पत्रकारिता, राजनीतिक शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकाे छ ।

उहाँ बोर्डकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का पूर्व उपाध्यक्ष रहनुभएका पौडेल अनुसन्धानमूलक लेखारचना समेत प्रकाशन गर्दै आउनुभएकाे छ । उहाँ  पत्रकारिताको प्रशिक्षण दिनुका साथै विकास र ग्रामीण पत्रकारिता एवं राजनीतिक बिटमा बढी कलम चलाउन रुचाउँनुहुन्छ ।

नीतिको मूल्य पनि राजनीति भएकोले अबको रोजाइ पार्टी राजनीतितर्फ भएको उहाँको भनाइ छ । पार्टीले जिम्मेवारी दिएपछि उहाँले भन्नुभयाे,  ‘पाटी बिधान अनुरुप सञ्चार बिभागलाई अगाडी बढाउने छु । बिभागीय प्रमुख पौडेलले जनताको पक्षमा कलम चलाउने पत्रकार र मिडिया संचालकलाई एकबद्ध भएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयाे । यसैबीच, नेपाली काँग्रेस गण्डकीले अन्य विभाग पनि छिट्टै गठन गर्न लागेको प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका