लेटाङ प्रकरण : कर्फयू जारी • Nepal's Trusted Digital Newspaperलेटाङ प्रकरण : कर्फयू जारी • Nepal's Trusted Digital Newspaper

लेटाङ प्रकरण : कर्फयू जारी

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
लेटाङ प्रकरण : कर्फयू जारी

यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेकाे हाे ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरे ।

कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएकाे भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि याैन दुर्व्यवहार गरेकाे आराेप छ ।

सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनकुमार राईले बताए । उनलाई काेसी‍ प्रादेशिक अस्पताल लगिएकाे थियाे । तर, चिकित्सकले मृत घाेषणा गरे ।

घटनामा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २५ जना घाइते भएका थिए । स्थानीय पनि सात जना घाइते भए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका