प्रहरी जवान श्रेष्ठकाे उपचारका क्रममा मृत्यु • Nepal's Trusted Digital Newspaperप्रहरी जवान श्रेष्ठकाे उपचारका क्रममा मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रहरी जवान श्रेष्ठकाे उपचारका क्रममा मृत्यु

प्रहरी जवान श्रेष्ठकाे उपचारका क्रममा मृत्यु

  • समाचारपाटी
  • सोमवार, चैत्र ७, २०७८
प्रहरी जवान श्रेष्ठकाे उपचारका क्रममा मृत्यु

मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गम्भीर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । झडपमा गम्भीर घाइते भएकी उनको आइतबार राति कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्राेशित भिडले श्रेष्ठकाे घाँटीमा छुरा प्रहार गरेकाे प्रहरीले जनाएकाे छ । शिक्षकले बालिकामाथि यौन दुर्व्यवहार गरेको विषयमा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियाे । झडपमा अन्य १७ प्रहरीसहित २० जना घाइते भएका छन् । एसपी जनार्दन जीसी पनि घाइते भएका छन् ।

लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपपछि आक्रोशित स्थानीय र विद्यार्थीले ती शिक्षक र जनप्रतिनिधिलाई विद्यालयमा थुनेका थिए ।

उनीहरूलाई थुनेर आगो लगाउने प्रयास गरेको जानकारी पाएपछि प्रहरी विद्यालयमा पुगेको थियो । प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेर ल्याउन लाग्दा स्थानीयले रोकेको थिए । प्रहरीले विद्यालयमा बन्धक बनाइएकाहरूको उद्धार गरेको थियो भने आरोपीलाई पक्राउ गरेको थियो ।

तर, स्थानीयले प्रहरी घटना सामसुम पार्न लागेको भन्दै आरोपित शिक्षक आफ्नो जिम्मा लगाउन भनेका थिए । प्रहरीले शिक्षक उनीहरूको जिम्मा लगाउन नमानेपछि प्रहरीमाथि नै आक्रमण गरेको प्रहरीको भनाइ छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका