काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३८२ जना कोरोनाबाट निको भएका छन् भने हाल ३ हजार २४१ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २२ हजार ६८७ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । ४ हजार ६१ जनाकाे काेराेनाकाे नमुना परीक्षण भएकाे छ ।