गैरसरकारी संस्थाहरुका जनसम्पर्क अधिकृतको कार्यहरु के हुन त ! • Nepal's Trusted Digital Newspaperगैरसरकारी संस्थाहरुका जनसम्पर्क अधिकृतको कार्यहरु के हुन त ! • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गैरसरकारी संस्थाहरुका जनसम्पर्क अधिकृतको कार्यहरु के हुन त !

गैरसरकारी संस्थाहरुका जनसम्पर्क अधिकृतको कार्यहरु के हुन त !

  • समाचारपाटी
  • आइतवार, चैत्र ६, २०७८
गैरसरकारी संस्थाहरुका जनसम्पर्क अधिकृतको कार्यहरु के हुन त !

गैर सरकारी संस्था भन्ने वित्तिकै नाफा रहित लक्षित समुदाय लक्षीत संघसंस्थालाई बुझिन्छ र ती संस्थाहरुले विभिन्न सहयोगमा व्यक्तीगत, संस्थागत तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोग ग्रहण गरी निःस्वार्थ रुपमा सहयोग गर्ने संस्था नै  गैरसरकारी संस्थाहरु हुन् ।

ngo

गैरसरकारी संस्थाहरुले नेपाल सरकारको विभिन्न सरकारी निकायहरुमा आवद्धता भएर आफ्ना कार्यक्रमहरु अग्रिम रुपमा योजना र खर्च विवरण सहित प्रस्तुत गरेर सोही अनुरुप कार्यक्रमहरु संचालन गर्नु पर्ने हुन्छ । संस्थाका काम कारवायीहरु चुस्त र दुरुस्त राख्नका लागि संस्थाले विभिन्न कर्मचारीहरु भर्ना गरेको हुन्छ ।

त्यस अन्र्तगत संस्थालाई महत्वपूर्ण कागजातहरु, सरकारी कार्यालयहरुसँग समन्वय गर्न, स्थानीय स्तरमा रहेका संघसंस्थाहरु क्लब, आमा समूह, वालक्लव, विद्यालय, आदि कुन विधाको कार्यक्रमहरु स्थानीय स्तरमा सञ्चालन गर्ने हो सोही अनुसारका स्थानीय तह सँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्नको लागि संस्थामा एक जना जनसम्पर्क अधिकृत रहेको हुन्छ ।

त्यो अधिकृतले संस्थामा आवश्यक पर्ने सम्पूर्ण कार्यालय उपयोगी, विभिन्न कार्यक्रम सँग मेल खान आउने कागजातहरु निमार्ण गरी सम्बन्धीत संस्थामा पेश गर्ने र त्यसको कार्यप्रगति के कसरी भई राखेको छ समय समयमा पुनः सम्पर्क राखी कामको प्रगती विवरण राख्ने कार्य
गर्नु पर्ने हुन्छ ।

अन्य संस्थाहरुले पनि कार्यक्रमको वारेमा जानकारी आवश्यकता परेको खण्डमा जनसम्पर्क अधिकृतलाई सम्पर्क राखी कार्यक्रमको जनाकारी प्राप्त गर्न सक्ने छन् । जनसम्पर्क अधिकृतले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत सम्पर्क राखी आफ्नो सञ्जाललाई अगाडी बढाउने जस्ता कार्यहरु सञ्चालन गर्नेछन् ।

संस्थालाई आवश्यकता परेको खण्डका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न पनि जनसम्पर्क अधिकृतले नै गर्न सक्ने छन् । मुख्य गरी जनसम्पर्क अधिकृतको कार्य पब्लिक रिलेसनलाई मजबुद बनाउने रहनेछ । त्यो औपचारीक तवरबाट होस वा अनौपचारीक तवरबाट होस् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका